हुलाकी न्यूज,कतार ६ एप्रिल: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको अबुनखला पेट्रोल पम्प क्षेत्रमा पनि क्षेत्रीय समिति गठन भएको छ।
५एप्रिल शुक्रवारको दिन एनआरएमए कतार का पन्चलाल मंडल मधेशी को नेतृत्वमा १० सदस्यीय कार्य समिति गठन गरिएको छ।
संयोजकमा पन्चलाल मंडल मधेशी, सह संयोजकमा प्रेम यादव, कोषाध्यक्षमा कामेश्वर मंडल, सह कोषाध्यक्षमा देव कृष्ण यादव, सचिवमा मुकेश मंडल, सह सचिवमा अोमप्रकाश राय, सदस्य हरुमा प्रदीप मेहरा, ललित यादव, शंकर यादव, हरिदेव यादव रहेका छन।
एनआरएमएले विभिन्न देशहरूमा संस्कृति कार्यक्रम तथा चाड-पर्वको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।




