
हुलाकी न्यूज, काठमाडौं : बारा र पर्साका हावाहुरी पीडितहरुलाई कतारबाट युवाहरुले सहयोग गरेका छन्।
कतारको अलमुफ्ताह ग्रुपमा कार्यरत युवाहरुले पीडितहरुको स्वास्थ्य उपचारमा खर्च हुनेगरी २९ हजार ७ सय ९० रुपैंया पठाएका छन्।
प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हुलाकी हेल्प सेन्टरमार्फत उक्त पठाइएको हो।
बैदेशिक रोजगारको क्रममा कतारमा रहेका सप्तरी निवासी रामेश्वर साहको नेतृत्वमा रकम संकलन गरिएको छ। साहसहित महोत्तरीका फेकन मुखिया, सँजय मंडल, झापाका धनकुमार कोइराला, धनुषाका रोहित सदा, बिजय पासवान, अरुण सदालगायतले रकम सहयोग गरेका हुन्।
विपदका बेला सबैले मिलेर सहयोग गर्नु पर्ने समूहका युवाहरुले बताएका छन्। उनीहरुले आफूहरु देश बाहिर भएपनि यस्ता विपदमा सहयोग गरिरहेको र अरुलाई पनि सहयोगका लागि प्रोत्साहित गरेको जनाएका छन्।



