
हुलाकी न्यूज, बीरगंज : हावाहुरीबाट प्रभावित बारा जिल्लाको तेलगाइमा हुलाकी हेल्प सेन्टरको दोस्रो स्वास्थ्य शिविर सम्पन्न भएको छ।
गैर–आवासीय मधेशी संघ (एनआरएमए)सहितका संस्थाहरुको सहयोग तथा जनमत पार्टीका स्वयमसेवकहरुको मदतले शिविर सम्पन्न भएको हो।
तेलगाइमा भएको शिविरमा २ सयभन्दा बढी प्रभावितहरुले उपचार पाएका छन् भने उनीहरुलाई आवश्यक औषधि पनि वितरण गरिएको छ।
बारामा हुलाकी हेल्प सेन्टरको संयोजन गरिरहेका जेपी साहका अनुसार तेलगाइ प्रभावित भएपनि आजसम्म स्वास्थ्यकर्मीहरु पुग्न सकेका थिएनन्। हुलाकी हेल्पसेन्टरले पहिलो पटक शिविर सञ्चालन गर्दा स्थानीयहरु लाभान्बित भएको साहले बताए।
शिबिरमा डा.आलोक यादव, डा.हरिश यादव, स्वास्थ्यकर्मी पुजा झालगायतको टीमले उपचार गरेका थिए।
यसअघि हुलाकी हेल्प सेन्टरले बारा जिल्लाकै फेटा नगरपालिकाको पुरैनियामा स्वास्थ्य शिविर गरेको थियो। पुरैनियामा करिब एक सयभन्दा बढीले उपचार पाएका थिए।





