हुलाकी न्यूज, सऊदी: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको अल अजमिल कम्पनीमा समिति विस्तार भएको छ।
एनआरएमए सऊदी अरेबियाका ई. त्रिभुवन सिंहको नेतृत्वमा जेद्दाह थुवालमा सोमबारको दिन २६ कार्यसमिति गठन गरिएको छ।
संयोजकमा दिनेश कुमार ठाकुर र सदस्य हरुमा सन्तोष कुमार ठाकुर, शिव ठाकुर, सगुनिया सदा, शिव नारायण सदा, ललिन्द्र यादव, मनोज कुमार सदा, चौधरी राय, जय राम सदा, राजेन्द्र महरा, दिनेश राय, राजदेव सदा, संजय ठाकुर, प्रमोद कुमार यादव, किसुन नुनिया, बल्खंदी सदा, दिनेश कापर, राम भरोश महतो, हसिम राइन, दुलार चन्द महरा, अजय यादव, राकेश साह, मनोज राउत, सुशील मण्डल, राज कुमार मण्डल र इन्द्र थारु रहेका छन।
एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।




