हुलाकी न्यूज, जनकपुरधाम, २५ आश्विन । जनकपुरधामको जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि क्षमा पुजा गरिएको छ ।

मधेशमा गरिएको दमन र मधेशीको हत्याको लागि उनीहरुलाई माफ गरिदिन भन्दै जानकी माताको मन्दिरमा क्षमा पुजा गरिएको हो ।

मधेश अधिकार संघर्ष समितिआबद्ध युवाहरुले प्रधानमन्त्रीसहितका तीन नेताको भेष बनाएर उनीहरुका लागि क्षमा पुजा गरेका छन् । यसअघि काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि क्षमा पुजा गरिएको थियो ।

kshama puja

1 COMMENT

  1. हे मा जानकी यी के.पी.ओली., पी.के.दाहाल प्रचण्ड र एस.कोईराला को साथै बि.डी. गौतम को बुद्धि भ्रष्ठ भएर मधेशको जनतालाई दुख दिएका हुन, गोलि चलाउन लगाई निर्दोष मधेशी युवा बृद्ध र बच्चाहरु लाई मारेर दीपावली मनाएका हुन .यिनीहरु लाई क्षमा गरिबक्सियोस अब उपरान्त यिनीहरुले यस्तो अपराध गर्ने छैनन .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.