हुलाकी न्यूज, काठमाडौं : मधेशको बारा र पर्सामा हावाहुरीबाट प्रभावित क्षेत्रमा जनमत पार्टीका स्वयम् सेवकहरु सक्रिय भएका छन्। आइतबार साँझबाटै उनीहरु प्रभावित क्षेत्रमा सक्रिय देखिएका छन्।

सोमबार विहान प्रभावित क्षेत्रमा राहत सामाग्री वितरणसहित उपचार कार्यमा जनमत पार्टी सक्रिय भएको नेता जेपी साहले जानकारी दिएका छन्। साहका अनुसार प्रभावित क्षेत्रमा स्वयम् सेवकहरुले आवश्यक सामाग्री उपलब्ध गराउँदैछन्।

यसैबीच जनमत पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै उद्धार र राहत कार्यमा संलग्न हुन आफ्ना नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेको छ।

पार्टीले मृतक परिवारलाई १५ लाख र भत्केको घर निर्माणका लागि १५ लाख रुपैंया उपलब्ध गराउन सरकारसँग माग गरेको छ। घाइतेहरुको निशुल्क उपचार, बाली नष्ट भएका किसानहरुको बैंकको ऋण मिनहा गर्न पार्टीले माग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.