हुलाकी न्यूज, काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका संयोजक एवं जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको जनसभा सुरु हुने भएको छ।

गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमति पछि जनमत पार्टी गठन भएको थियो। उक्त पार्टी गठनसँगै मधेशका प्रत्येक जिल्लामा जनसभा गर्ने निर्णय भएको थियो।

सोही बमोजिम जनमत पार्टीको पहिलो जनसभा सिरहा जिल्लाको मिर्चैयामा हुने भएको छ। चैत्र ३० गते शनिबार मिर्चैयाको मोहन माध्यमिक विद्यालयमा बृहत्त जनसभा हुने जनमत पार्टीले जनाएको छ।

उक्त सभालाई अध्यक्ष डा.सीके राउतले सम्बोधन गर्नेछन्। त्यसपछि अन्य जिल्लाहरुमा पनि जनमत पार्टीको जनसभा हुने तयारी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.