
हुलाकी न्यूज, जलेश्वर : जनमत पार्टी महोत्तरीमा एक सय २१ सदस्यीय जिल्ला जनपरिचालन समिति गठन गरिएको छ भने ७ सदस्यीय जिल्ला संयोजन समिति पनि गठन भएको छ।
शुक्रबार बृहत भेलाका बिच जनमत पार्टीको समितिहरु गठन गरिएको छ। त्यसैगरी, महोत्तरीको चारवटै निर्वाचिन क्षेत्रका लागि क्षेत्रीय संयोजन समिति गठन भएको छ।
जेष्ठ नागरिक राजकिशोर मण्डलको अध्यक्षतामा भउएको भेलामा पार्टीका केन्द्रीय सदस्यहरु चन्दन सिंह र संजय कुमार यादवसहितको उपस्थिति थियो।
गठन भएको जिल्ला संयोजन समितिमा संजयकुमार यादव (स्वराजी), बीरेन्द्र कुमार मण्डल, कोमल यादव, विश्वनाथ चौधरी, दिपेन्द्र ठाकुर, विरेन्द्र महतो र नथुनी मुखिया रहेका छन्।
भेलामा सहभागी जनमत पार्टीका नेताहरुले स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमतिका विषयमा छलफलसमेत गरेका थिए।




