
हुलाकी न्यूज, जनकपुरधाम : डा.सीके राउत नेतृत्वको जनमत पार्टीका सदस्यताका लागि पहिलो दिनमै ५० हजारभन्दा बढीले आवेदन दिएका छन्।
अनलाइनमार्फत सोमबार साँझ ७ बजेबाट सदस्यताका लागि आह्वान गरिएको थियो। उक्त आह्वानका आधारमा मंगलबार साँझ ७ बजेसम्म ५० हजारभन्दा बढीको आवेदन परेको जनमत पार्टीको डेटा शाखाले जनाएको छ।
अनलाइनमार्फत आएका डेटाका आधारमा सदस्यताका लागि आवेदन दिनेहरुमध्ये अधिकांश विदेशमा रहेका मधेशीहरु छन्।
त्यसैगरी, मधेशका विभिन्न जिल्लाबाट पनि सदस्यताका लागि आवेदन परेको छ।
हुलाकी न्यूजलाई दिइएको जानकारी अनुसार जनमत पार्टीले अहिले इन्टरनेटमा पहुँच भएका व्यक्तिहरुलाई सदस्यताको प्रक्रियामा ल्याउँदैछ।
यसका साथै विभिन्न जिल्ला तथा स्थानीय निकायमा सदस्यताका लागि अभियान सुरु गरिएको छ। हाल जिल्लाको मुख्य स्थानबाट सदस्यता लिन चाहनेहरुको तथ्यांक संकलन भएको छ भने केहीदिन भित्रै वडा तहसम्म सदस्यता वितरण अभियान लगिने जनमत पार्टीले जनाएको छ।
अनलाइनमार्फत सदस्यता लिने यस्ताे प्रक्रिया



