
हुलाकी न्यूज, काठमाडौं : जनकपुर बंम काण्डमा जिल्ला अदालत धनुषाले अन्तिम सुनवाई गर्दैछ। आइतबारदेखि सुरु भएको सुनवाई विहीबारसम्म सकिने सम्भावना रहेको छ।
तर, जनकपुर बंम काण्डमा मुख्य अभियुक्त भनिएका पूर्वमन्त्री संजय साह भने सुनवाई स्थगित गराउने पक्षमा देखिएका छन्।
साहका अधिवक्ताहरुले मोबाइल सम्बन्धी प्रमाण अदालतले हालसम्म बुझ्न नसकेको भन्दै सुनवाई स्थगित गराउने पक्षमा उभिएका छन्।
अदालतले सबै प्रमाण बुझेपछि मात्र फैसला आउनु पर्ने साह पक्षका अधिवक्ताहरु बताउँछन्।
आइतबारबाट सुरु भएको बहसमा सरकारी पक्षका वकिलहरुले बहस सकिसकेका छन्।
साहसहित अन्य अभियुक्तहरुका वकिलहरुको बहस जारी रहेको छ।
यता पूर्वमन्त्री साहकाे जनकपुर बंम काण्डमा फैसला जस्ताे आएपनि सञ्चार उद्यमी अरुण सिंघानियाको घटनामा भने साह पूर्पक्षका लागि थुनामै रहने छन्।
पूर्वमन्त्री साह करिब पाँच वर्षदेखि पूर्पक्षका लागि थुनामा रहेका छन्।



