हुलाकी न्यूज, भैरहवा :
जनमत पार्टीको रुपन्देही जिल्ला कार्यसमिति गठन भएको छ। स्वतन्त्र मधेश गठबन्धनका रुपन्देही जिल्ला संयोजक भूपेन्द्र यादवको अध्यक्षतामा ६५ सदस्य जिल्ला कार्यसमिति गठन गरिएको छ ।

जिल्लाको विभिन्न भागबाट जनमत पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो। उक्त भेलाबाट सर्वसम्मतीले कार्यसमिति गठन गरिएको छ। ६५ सदस्यीय कार्य समितिमा विभिन्न क्षेत्रलाई मिलाउन बाँकी रहेको भन्दै १० जनालाई मनोनित गर्न बाँकी रहेको छ।

अध्यक्षमा निर्वाचित भएपछि यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै जनमत पार्टीको सदस्यता लिनेहरुको संख्या ठूलो रहेको बताउँदै संगठन विस्तार भइरहेको बताए।

यादवले केही दिनभित्रै भातृ संगठनहरु बनाएर बाँकी नेताहरुको पनि व्यवस्थापन हुने जानकारी गराए।

उनले विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्नेको संख्या पनि ठूलो रहेको बताउँदै केही दिनभित्रै माप दण्ड बनाई उनीहरुलाई पार्टी प्रवेश गराउने जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.