हुलाकी न्यूज, काठमाडौं :
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफूहरु स्वतन्त्र मधेशको पक्षमा नरहेको स्पष्ट पारेको छ। आजको प्रतिनिधि सभाको बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र यादवले आफूहरु स्वतन्त्र मधेशको पक्षमा नरहेको दाबी गरे।

सरकारले नै स्वतन्त्र मधेश गठबन्धनसँग सम्झौता गरेर स्वतन्त्र मधेश बनाउन बाटो खोलिदिएको बताउँदै यादवले भने,‘सरकार आफैले विखण्डन चाहेको जस्तो देखियो। विखण्डनकारीलाई छुट दिइयो।’

संयोजक यादवले सभामुखमार्फत सरकारबाट समर्थन फिर्ता लिएको जानकारीसमेत सदनलाई दिएका छन्। आफूहरुले उठाएको मागहरु सरकारले सम्बोधन नगरेको भन्दै समर्थन फिर्ता लिनु परेको यादवले बताएका छन्।

सरकारले आफूहरुको माग सम्बोधन नगरेको विषयमा प्रधानमन्त्रीको जावफ यादवले माग गरे।

यसैगरी राजपाले मधेश आन्दोलनपछि गठन भएको गिरिस चन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले एक मिनेट संसद अवरुद्ध गर्ने प्रयास गरे। तर सभामुखले जवाफ दिएपछि संसदको कारवाही चलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.