हुलाकी न्यूज, काठमाडौं : सर्वोच्च अदालतको आदेशपछि रिहा भएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई सरकारले सुरक्षागार्ड उपलब्ध गराएको छ।
विहीबार साँझ काठमाडौंस्थित सेन्ट्रल जेलबाट रिहा भएका डा.राउतसँगै सुरक्षाकर्मी खटाइएको छ। डा.राउतलाई सुरक्षा चुनौती रहेको भन्दै सरकारले सुरक्षाकर्मी उपलब्ध गराएको बुझिएको छ।
तर, स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले आफूहरुले सुरक्षाकर्मी नमागेको बताउँदै डा.राउतमाथि निगरानी गर्न सरकारले सुरक्षाकर्मी खटाएको दाबी गरे।
डा.सीके राउतलाई छोड्न सर्वोच्चको आदेश
तस्वीर : पहिलाेपाेस्ट