
हुलाकी न्यूज, काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई छोड्न सर्वोच्च अदालतले आदेश दिएको छ।
रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई खारेज गर्दै सर्वोच्च अदालतले थुना मुक्त गर्न आदेश दिएको हो।
प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले छोड्ने आदेश दिएको जनाइएको छ।
डा.राउतका दाई जयकान्त राउतका अनुसार विहीबार नै काठमाडौंस्थित सेन्ट्रल जेलबाट छोड्ने तयारी भइरहेको छ।
तर, कपिलवस्तुसहित अन्य जिल्लामा पनि डा.राउतमाथि मुद्दा परेकोले प्रहरीले पुनः पक्राउ गर्न सक्ने सम्भावना रहेको छ।





[…] […]