हुलाकी न्यूज, कुवैत: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कुवैतको शोयवामा पनि समिति विस्तार भएको छ।
एनआरएमए कुवैतका अध्यक्ष धनवीर ठाकुरका अनुसार शोयवामा २२ फेब्रुअरी शुक्रबारको दिन क्षेत्रीय कार्य समितिको सम्मेलनले समितिको घोषणा गरेको हो।
बिजय कुमार साहको नेतृत्वमा कार्यसमिति गठन गरिएको छ। उपाध्यक्षमा जितेन्द्र राउत, सचिवमा शत्रुधन प्रसाद चौरसिया, सहसचिवमा शिवपूजन राय यादव र कोषाध्यक्षमा लालबाबू मण्डल रहेका छन। त्यस्तै सदस्यहरुमा ललित महरा, दिलीप कुमार यादव, संजीत मुखिया रामबली साह, सुरेश यादव, लालू महतो, महेश महरा, रोसन राउत, रामनारायण राम, लालन मण्डल र अजय महरा रहेका छन।
डा सीके राउतलाई गैर न्यायिक तरिकाले जेलमा राखेको हुनाले सहभागी सदस्य हरुले नेपाल सरकारको घोर विरोध गरेका थिए।
एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।



