मलेसिया ०५ फेब्रुअरी: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) मलेसियाको जोहर बारू प्रमेश जायामा पनि समिति विस्तार भएकाे छ।
एनआरएमए मलेसियाका अध्यक्ष मनटु पालका अनुसार जोहर बारूको प्रमेश जायामा ०५ फेब्रुअरी मंगलबारको दिन क्षेत्रीय कार्य समितिको सम्मेलनले समितिको घोषणा गरेको हाे।
लालु प्रसाद यादवको नेतृत्वमा कार्यसमिति गठन गरिएकाे छ। उपाध्यक्षमा लाल बाबु महतो, सचिवमा विजय कुमार मुखिया, सहसचिवमा सुरेन्द्र कुमार शर्मा र कोषाध्यक्षमा श्रीचन कुमार यादव रहेका छन। त्यस्तै सदस्यहरुमा बिरेन्द्र कुमार बर्मा, संजिव कुमार महतो, रमेश राम, अमर लाल महतो, विजय राय, साजन गिरि, किसुन यादव, सदाम बाबु, सरोज कुमार चौधरी, जिया लाल महतो, दबैस साह, र कमलेश पासवान रहेका छन।
त्यस्तै सल्लाहकार सदस्यहरुमा श्याम नारायण ईसर, जय किशोर यादव र राज कुमार महतो रहेका छन।
उक्त कार्यक्रमको अवसरमा हुलाकी न्यूजसँग कुराकानी गर्दै एनआरएमए अन्तर्राष्ट्रिय समितिका सदस्य कपलेस्वर यादबले सहभागी सबै मधेशीलाई धन्यबाद दिएका थिए, र कार्यसमितिलाई बधाई पनि दिए।
प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवलाई श्रद्धांजलि दिएका थिए। तयस्तै डा सीके राउतलाई गैर न्यायिक तरिकाले जेलमा राखेको हुनाले सहभागी सदस्य हरुले नेपाल सरकारको घोर विरोध गरेका थिए।
एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएकाे छ।





jai madesh c.k. raut jinda bad