हुलाकी न्यूज, काठमाडौं, २४ आश्विन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसदमा भएको प्रधानमन्त्रीको निर्वाचनमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई पराजित गर्दै ओली नेपालको ३८ औं प्रधानमन्त्री बनेका हुन ।

व्यवस्थापिका संसदमा आईतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३३८ मत प्राप्त भने कांग्रेस सभापति कोइरालाले २४९ मत पाएका थिए । मतदानमा ५८७ सभासद सहभागी भएका थिए ।

ओलीलाई एकीकृत माओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिक सहितको समर्थन रहेको थियो ।

मधेशवादी दलहरुले भने कांग्रेस सभापति कोइरालालाई समर्थन गरेका थिए ।

तस्विर : अनलाइनखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.