हुलाकी न्यूज, कतार:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको आयोजनामा मधेशी मिलन समारोह सम्पन्न भएको छ। नयाँ वर्ष र माघे सङ्क्रान्तिको अवसरमा एनआरएमए कतारले मधेशी मिलन समारोहसहित वनभोज कार्यक्रम गरेको हाे।
शुक्रवारको उम सलाल अली गार्डेन (रिसोर्ट) कतारमा कार्यक्रमकाे आयाेजित समारोहमा कतारभरी बाट करिब ७०० सयभन्दा बढी मधेशीहरु सहभागी थिए।
कार्यक्रमको सुरुमै माघे सङ्क्रान्तिको विशेष तिलको लाई तथा विभिन्न पकवानहरुको व्यवस्था गरिएको थियो।
एनआरएमएका सह-सचिव दिवाकर कुमार झा र प्रवक्ता चन्द्रबीर कुमार यादवले सञ्चालन गरेकाे कार्यक्रमकाे सुरुमा मधेशको राष्ट्रिय गान बजाइएको थियो। राम जनाम शर्माले मधेशको राष्ट्रिय गान गाएपछि सहीदप्रति श्रद्धांजलि दिइएकाे थियाे।
कार्यक्रममा रामजन्म शर्मा, सुनिल अमात राय, सुनिल यादव, पन्चलाल मधेशी, संजित दास, अमिरीबाबु साह, धिरेन्द्र राम, बिद्यानन्द यादव, धर्मेन्द्र महतो, मोहमद अस्गर अली, गौतम शर्मा, राम सुबन यादव, जगत लाल मंडल, किर्ति मुखिया, शिव कुमार पाल, राम नन्दन गुप्त, बिरेन्द्र गोइत, सुरेन्द्र नारायण यादव, मोहरम नदाफ, श्याम सुन्दर साह , जाबिर नदाफ, बिरेन्द्र साह र सुरेश कुमार मंडलले आफ्नो मन्त्वय राखेका थिए।
मधेशको समस्या समाधानको लागि र राजनीतिक, आर्थिक, समाजिक बिषयमा विचारविमर्श भएकाे थियाे।
अधिकांश वक्ताहरुले डा सीके राउतको गैरकानूनी हिरासतकाे निन्दा गर्दै मधेश स्वराज आन्दोलनका शाहिद राम मनोहर यादवको हत्याको छानबिन गर्न माग गरेका थिए।
कार्यक्रममा एनआरएमएको क्यालेन्डर पनि बितरण गरिएको थियो।
चित्रकला, म्यूजिकल चेयर प्रतिस्पर्धामा भाग लिएकाहरुले मध्ये साहिल गुप्ता, साधना ठाकुर, नित्यान्त यादव र आरोही ठाकुर विजयी भएका थिए।
त्यसपछि आयाेजित सांस्कृतिक कार्यक्रममा इन्द्रजित मंडल, सिवनाथ मंडल, सोभित मंडल, बिनोद मंडल, बिबेक राउत, सुन्दर पंडितले गायन प्रस्तुत गरेका थिए। अस्मिता शाह र निहारिका रायले निर्त्य प्रस्तुत गरे।
समारोहमा कतारमा रहेका विभिन्न मधेशी संघ संस्थाका प्रतिनिधि तथा बुद्धिजीवी, साहित्यकारहरुसमेत सहभागी थिए। कार्यक्रममा मधेशको सांस्कृतिक कार्यक्रम, गीत, कविता र विभिन्न साहित्यहरु प्रस्तुत गरिएको थियो।
एनआरएमए कतारका आजीबन सदस्यलाई परिचय पत्र तथा प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको थियो।
त्यस्तै २०१८ सालमा निरन्तर संस्थाको कामकाजमा सहयोग गर्ने सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको थियो।
कतार छोडेर मधेश जान लागेका एनआरएमए कतारका केन्द्रिय सदस्य र अबुनाख्ला एरिया अध्यक्ष सुनिल राय अमात र ग्रान्ड मलको सद्दाम हुस्सैनलाई प्रमाण पत्र प्रदान गरी बिदाई गरिएको थियो।
कार्यक्रमका लागि एनआरएमए कतारका अध्यक्ष ई शम्भुनाथ साह, उपाध्यक्ष शिव कुमार पाल, महासचिब जितेन्द्र कुमार महतो, सचिब दिवाकर कुमार झा, कोषाध्यक्ष रामनन्दन गुप्ता, सदस्य गौतम शर्मा र सुरेन्द्र साहले विशेष याेगदान दिएका थिए। जगतलाल मंडल, बिद्यानान्द यादव, अमिरी बाबु साह, धर्मेन्द्र महतो र कतारका गैर आवासीय मधेशीहरुले सहयाेग गरेकाे एनआरएमए कतारका अध्यक्ष साहले बताए।
एनआरएमए ४० भन्दाबढी देशमा विस्तार भएकाे छ भने संयुक्त राष्ट्रसंघ, यूरोपियन यूनियन, यूएनपीओ जस्ता अंतर्राष्ट्रीय मंच मधेशकाे प्रतिनिधित्व गर्दै आएकाे छ। अमेरिका, भारत, संयुक्त अधिराज्यमा आयोजित बिभिन्न कार्यक्रमहरुमा एनआरएमएले मधेशीहरुको प्रतिनिधित्व गरेकाे छ।
कार्यक्रमका तस्बीरहरु








