हुलाकी न्यूज, काठमाण्डौं, २४ आश्विन । आज विहान बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले प्रधानमन्त्रीको निर्वाचनमा केपी ओलीको विरुदमा मतदान गर्ने निर्णय गरेको छ ।
मार्चाले विज्ञप्ती जारी गर्दै मधेशी, मुस्लिम, थारु, दलित तथा आदिवासी जनजाती बिरुद रहेको उग्रवामपन्थी तथा लोकतन्त्र बिरोधी फासिष्ट चरित्र बोकेको अपवित्र गठबन्धनलाई परास्त गर्न त्यसको बिरुदमा मतदान गर्ने र सत्ताको खेल भन्दा बाहिर रहेर आन्दोलनलाई अगाडी बढाउने निर्णय गरेको छ ।
तर मोर्चाको यो निर्णयले मधेशी जनता असन्तुष्ट भएका छन् । सत्ताको खेल भन्दा बाहिर रहि आन्दोलनलाई अगाडी बढाउनु पर्ने जनताको चाहना रहेको छ ।



