
हुलाकी न्यूज, लहान : स्वतन्त्र मधेश गठबन्धनले सिराहाको लहानसहित मधेशका विभिन्न जिल्लामा बलिदानी दिवस मनाएको छ।
गठबन्धनले सिराहामा मोटरसाइकल रैलीसहित श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।
गठबन्धनका नेता तथा कार्यकर्ताहरुले लहानको सहिद चौकमा पुगी सहिद पार्कमा माल्यापर्ण गरेका थिए।
उनीहरुले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको रिहाई, मधेशको स्वतन्त्रतालगायतका नारावाजी गरेका थिए।
मधेशी सहिदहरुको सपना साकारको जिम्मेवारी गबन्धनलाई रहेको बताउँदै स्वतन्त्र मधेश कायम गर्ने दाबी उनीहरुले गरे।
यसअघि गठबन्धनका संयोजक डा.राउतले लहानमा मधेश बलिदानी दिवसकै अवसरमा शक्ति प्रदर्शन गर्दै कार्यक्रम गरेका थिए।




