
हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मधेश बलिदानी दिवस मनाएको छ। राजपाले केन्द्रीय कार्यालय काठमाडौंसहित विभिन्न जिल्लामा कार्यक्रम गरी बलिदानी दिवस मनाएको हो।
प्रजातन्त्र पछिको पहिलो मधेश आन्दोलनमा सहिद माघ ५ गते सिराहाका रमेश महतो सहिद भएका थिए। सोही दिनको सम्झनामा मधेश बलिदानी दिवस मनाइँदै आइएको छ।
यस पटक १२ औं मधेश बलिदानी दिवस मनाइएको हो।
राजपाको केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्याक्रममा पार्टीका नेताहरुले सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्ति गर्दै उनीहरुको सपना साकार गर्ने बताएका थिए।




