
हुलाकी न्यूज, काठमाडौं : मधेशका लोक नायक दिन र भद्रीको पुजा मधेशका विभिन्न जिल्लामा सम्पन्न भएको छ।
मधेश र विहारमा रहेका मुहसर जातीका कुल देवता रहेका दिना–भद्रीको पुजा मंगलबार मुसहर बस्तीहरुमा भएको छ।
मुसहर अगुवा पाचु मुसहरका अनुसार मधेशमा प्रदेश २ सहित अन्य क्षेत्रमा समेत दिना–भद्रीको पुजा भएको हो।
दिना–भद्रीको पुजा प्रत्येक वर्ष माघको पहिलो दिन गरिन्छ। तर अन्य जातीको पर्वहरुको बर्चस्वका कारण दलितका लोक नायक एवं सर्वहारा नेता दिना–भद्रीको चर्चा ओझेलमा पर्दै आएको छ।
पंचु मुसहरले भने,‘प्रत्येक मुसहर बस्तीमा कुलदेवता दिना भद्रीको पुजा खुशियालीसहित मनाएकोछ र आशीर्वाद स्वरुप प्रत्येक घरमा प्रसाद दिने गरेको छ। परापुर्वकालदेखी नै यो पुजा हुँदै आएको छ। दिना भद्रीले शासक, शोषण, दमन गर्ने कनक सिङ्ग धामी, जोरावरलागायत १५१ शोसकसँग लडेर जित प्राप्त गरेका थिए। उहाँ मार्क्स र लेलिनभन्दा पहिला नै सर्वहारा, शोशित पीडित श्रमिकको हकहितका लागी वकालत गरेका थिए।’



