
हुलाकी न्यूज, काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई काठमाडौंस्थित सेन्ट्रल जेलमा सरुवा गरिएको छ।
राज्यविप्लव मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका डा.राउतलाई यसअघि रौतहट जेलमा राखिएको थियो। उनलाई बुधबार काठमाडौंको सुन्धारामा रहेको सेन्ट्रल जेलमा ल्याइएको गठबन्धनका नेता जशर यादवले हुलाकी न्यूजलाई जानकारी दिए।
यादवका अनुसार डा.राउत विरामी रहेकोले विहीबार दिउँसो उनको टिचिङ्ग हस्पिटल महाराजगंजमा उपचार हुनेछ।
थुनामा रहेका डा.राउतसँगको भेटघाटमा कडाइ गरिएको जानकारी दिदै यादवले विहीबार हस्पिटल परिसर मै भेट गर्न सकिने बताएका छन्।



