
हुलाकी न्यूज, धनगढी : थरुहट आन्दोलनका अगुवा एवं राष्ट्रिय जनता पार्टी नेपाला नेता लक्ष्मण थारुको स्वास्थ्यमा समस्या आएको छ।
कैलाली टीकापुर घटनाको आरोप पूर्पक्षका लागि धनगढी कारागारमा रहेका थारुको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार विहानै अस्पताल भर्ना गरिएको थियो।
केहीदिन यता थारुको छाती र टाउको दुख्दै आएको परिवारजनले जनाएको छ। शुक्रबार अत्याधिक दुखाई बढेपछि अस्पताल भर्ना गरिएको थियो।
धनगढीस्थित एक निजी क्लिनिकमा लगिए पनि त्यहाँ उपचार नहुने भनेपछि सेती अञ्चल अस्पतालमा थारुको उपचार गरिएको छ।
दुई साताका लागि औषधी दिइ पुनः थारुलाई धनगढी कारागार लगिएको छ।
चिसोका कारण जेलमा रहेका अन्य थारु आन्दोलनकारीहरुको पनि स्वास्थ्यमा समस्या आएको जनाइएको छ।



