
हुलाकी न्यूज, बीरगञ्ज : प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले माघ महिनादेखि प्रदेशभित्र जन्मिने सबै बालिकाको बिमा गरिने घोषणा गरेका छन्। उनले प्रदेश सरकारले थालनी गरेको ‘बेटी बचाउ, बेटी बढाउ’ अभियान अन्तरगत बीमाको योजना लागू बताए।
वीरगञ्ज पब्लिक कलेजले शनिबार आयोजना गरेको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले दाइजो तथा बालविवाहलाई रोक्न बिमा योजना उपयुक्त हुने दाबी गरे।
राउतले बालिकालाई शिक्षित गरे मात्र समाजको विकास सम्भव भएकाले रोजगारी सुनिश्चित गर्न प्रदेश प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिएको र निजामती कर्मचारीमासमेत आरक्षण दिइने बताए।
उनले औपचारिक शिक्षाले मुलुकको विकास सम्भव नभए बताउँदै प्राविधिक शिक्षाको विकासतर्फ उन्मुख हुन आवश्यक धारणा राखे।



