हुलाकी न्यूज, काठमाडौं २४ आश्विन । विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा औपचारिक रुपमा विभाजित भएको छ । गच्छदार अर्थात मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)ले प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई समर्थन गर्ने भएको छ ।

मोर्चाका अर्का दुई घटक राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक काँग्रेस सभापति सुशील कोइरालालाई समर्थन गर्ने भएको छ ।

गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार मोर्चा विभाजित भएको हो र गणतान्त्रिकले कोइरालालाई समर्थन गर्न लागेको हो ।

यता राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले दिएको जानकारी अनुसार समाजवादीले पनि काँग्रेसलाई समर्थन गर्ने भएको छ ।

1 COMMENT

  1. संघीय लोकतान्त्रिक मोर्चा मा संलग्न नेताहरु यदि सहि अर्थमा मधेशीको हक र अधिकारको लागि मोर्चा बनाएका थिए भने कसैलाई भोट न दिई बस्नु पर्ने थियो यसमा कुनै फरक छैन कि विजय गच्छदार ले एमाले का प्रत्यासी के.पी. ओली लाई भोट दिए र अरु शरद सिंह भण्डारी लगायतले सुशील कोइरालालाई भोट दिए .के फरक पर्यो र एउटाले आफ्नो बर्तमान सुधारे भने अर्का थरीले आफ्नो भविष्य सुधारे . सबै एउटैई द्यांगका मुला हुँ .मधेशी को हकको लागि कोहि त्यहा गएका हैनन सबै आ आफ्ना दुनो सोझ्याउन मात्रै गएका हुँ यो प्रष्टै छ .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.