
हुलाकी न्यूज, काठमाडौं : आउँदो वर्ष हज यात्रामा जाने मुस्लिमहरुका लागि आवेदन खोलिएको छ। साउदीको मक्का मदिनामा हज गर्न जाने नेपालका मुसलमानहरुसँग आगामी पुष २३ गतेभित्र आवेदन माग गरिएको छ।
नेपाल सरकार गृह मन्त्रालय सुचना गर्दै जिल्ला प्रशासन कार्यलयमा आवेदन दिन आह्वान गरेको छ। सुचनामा २०१८ मा हज गर्न जान नपाएका हजयात्रीलाई प्राथमिकतामा राखी बाँकी आवेदनहरुमध्ये पहिले आवेदन दिनेलाई दोस्रो प्राथमिकता दिइने जनाइएको छ।
हज यात्रामा जान चाहनेहरुले एकप्रति नागरिकताको प्रतिलिपी, सक्कल राहदानीसहित लाग्ने खर्च एक लाख २५ हजार रकम समितिको बैंक खातमा जम्मा गर्नुपर्ने छ।




