हुलाकी न्यूज, काठमाडौं, २४ आश्विन । बिराटनगरको रानी भन्सार नाका आईतबार पनि तनावग्रस्त छ । नाकामा धर्ना दिन पुगेका प्रदर्शनकारीहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि नाका तनावग्रस्त भएको हो । नाकामा शान्तिूर्ण धर्ना दिएर बसिरहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेर हटाउने प्रयास गरेपछि तनाव उत्पन्न भएको स्थानीय पत्रकारहरुले जनाएका छन् ।

प्रहरीले बल पव्रयोग गरेपछि दुईतर्फी झडपको स्थिति उत्पन्न भएको र नाकामा अहिले पनि झडप भइरहेको रौतहट अनालाईनले जनाएको छ । झडपमा परी पूर्व शिक्षामन्त्री एवं संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु यादव लगायत अन्य दर्जनौं प्रदर्शनकारी घाईते भएको रौतहट अनलाइनको समाचारमा उल्लेख छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवकी श्रिमती पार्वती देवी पनि नाकामा धर्ना दिन बसेको जनाइएको छ ।
रानी भन्सार नाकामा हजारौंको संख्यामा प्रदर्शनकारीहरु उपस्थित भएर गाडी प्रवेशलाई पूर्ण रुपले रोकेपछि प्रहरीले बल प्रयोग गरेको थियो । रानी भन्सार नाका शनिबार पनि तनावग्रस्त थियो ।

तस्विर : रौतहट अनलाइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.