
हुलाकी न्यूज, काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा छैठौ पटक अड्केको छ।
आइतबार सर्वोच्च अदालतमा बहस भएपनि हेर्दाहर्दै मै मुद्दा अड्किएको डा.राउतका दाइ जयकान्त राउतले हुलाकी न्यूजलाई बताए।
आइतबार सर्वोच्च अदालतमा डा.राउतको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुरेन्द्र महतो, सुरेन्द्र भण्डारी र शंकर लिम्बुले बहस गरेका थिए।
तर सरकारी वकिलका कारण आइतबार हेर्दाहेर्दैमा रहेको जनाइएको छ।
यसअघि डा.राउतको बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दा पाँच पटक सरिसकेको छ।
विस्तृत जानकारी तलको लिंकमा



