
हुलाकी न्यूज, काठमाडौं : मधेशीहरुसँग रंगका आधारमा नेपाल सरकारले विभेद गर्दै आएको विरोधमा प्रत्येक वर्ष झै यस वर्ष पनि रंगभेद विरुद्धको दिवस मनाइँदैछ। मधेशका विभिन्न जिल्लामा आज दिवस मनाइँदैछ।
स्वतन्त्र मधेश गठबन्धनलगायत मधेशी नागरिक समाजले सोमबार मधेशका विभिन्न स्थानमा रंगभेद विरुद्ध कार्यक्रम गरी मनाउँदैछ।
डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले यस पटक मधेश भरी नै ‘रगंभेदका अन्त हो, मधेश देश स्वतन्त्र हो’ नाराको साथ रगंभेद दिवस मनाउंदैछ।
‘मधेशीहरुको रंगको आधारमा नेपालको प्रत्येक कार्यालय, सार्वजनिक स्थल, सभा सम्मेलन र यात्राको क्रममा समेत विभेद गरिन्छ। यो विभेद अफ्रिकाको काला गोराभन्दा कति पनि कम छैन।’ गठबन्धनले भनेको छ।
यता रंगभेद विरुद्धको दिवसको अवसरमा बाके, बर्दिया, दाङ्ग, रुपन्देही, नवलपरासी, पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी र झापासहितका जिल्लाहरुमा रंगभेदी विरुद्धको दिवस मनाईदैछ ।
अघिल्लो सार्क सम्मेलनको क्रममा मंसिर १० गते नै काठमाडौंबाट करिब चार सयभन्दाअधिक मधेशीहरुलाई रंगको आधारमा सरकारले पक्राउ गरिएको थियो। सोही दिनको सम्झनामा र रंगभेदको विरुद्ध आज मधेशका अधिकांश जिल्लामा प्रदर्शन हुँदैछ।




[…] […]