
हुलाकी न्यूज, काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई सोमबार सर्वोच्च अदालतमा उपस्थित गराइदैछ।
डा.राउतको बन्दी प्रत्यक्षिकरण सम्बन्धी रिटमा जिल्ला अदालत रौतहटले कागजात उपलब्ध नगराउँदा पटक–पटक बहस सर्दै आएको थियो।
सोमबार नै सर्वोच्चमा फाइनल बहस हुने जनाइएको छ।
डा.राउत पक्षका अधिवक्ताहरुका अनुसार सोमबार ११ बजेतिर नै उनलाई सर्वोच्चमा पेश गरिनेछ।
डा.राउतलाई आइतबार साँझसम्म रौतहटबाट काठमाडौं ल्याउने तयारी गरिएको छ।
डा.राउतलाई असोज २१ गते रौतहट जिल्ला अदालतमा राज्य विप्लव सम्बन्धी मुद्दामा तारेख लिन जाँदा प्रहरीले पक्राउ गरेको थियो। राउतलाई ५१ औं दिनमा पुनः सर्वोच्चमा उपस्थित गराइँदैछ।
यसअघि पनि डा.राउतलाई सर्वोच्चमा उपस्थित गराइएपनि कागज अपुग भनी बहस सरेको थियो।



