
हुलाकी न्यूज, विराटनगर : मधेशी बौद्धिक समाजले ‘मधेश कहाँ है’ विषयमा अन्तरक्रिया गरेको छ। विराटनगरमा सोमबार आयोजित अन्तरक्रियामा विश्लेषक सीके लालले आफ्नो विचार राखेका छन्।
प्रदेश २ मा मात्र मधेश सिमित नरहेको बताउँदै विश्लेषक लालले राजनीतिक, भौगोलिक, भावनात्मक रुपमा मधेश प्रदेश २ भन्दा बहिर पनि रहेको बताएका छन्। उनले मधेशलाई एकीकृत राख्न हिन्दी भाषा महत्वपूर्ण हुनेमा जोड दिएका छन्।
कार्यक्रममा बौद्धिक क्षेत्रका एक सयभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो। अन्तरक्रियामा विभिन्न समुदायका व्यक्तिहरुको सहभागिता रहेको आयोजकले जनाएको छ।
विश्लेषक लालको भनाई भिडियोमा



