हुलाकी न्यूज, काठमाडौं :
राष्ट्रिय जनता पार्टी(राजपा) नेपालको संयोजकमा राजेन्द्र महतो नियुक्त भएका छन्। पार्टी एकता पछि संयोजक रहँदै आएका महन्थ ठाकुरलाई परिवर्तन गरी महतोलाई संयोजक बनाउने निर्णय राजपाको अध्यक्ष मण्डलले गरेको छ।

पार्टी एकीकरणका बेला विधानमा राखिएको चक्रीय प्रणालीमा जाने निर्णयसँगै संयोजक परितर्वन भएको हो। पार्टी विधानमा अध्यक्ष मण्डलका प्रत्येक सदस्यहरु दुइ–दुई महिना अध्यक्ष मण्डलको संयोजक हुने व्यवस्था छ।

यसैगरी अध्यक्ष मण्डलको बैठकले पार्टी एकीकरण घोषणा पछि भएका सम्पूर्ण नियुक्ती खारेज गरेको छ। एकीकरणका बेला निर्वाचन आयोगमा बुझाएको पदाधिकारीहरु कायम रहने अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले हुलाकी न्यूजलाई बताएका छन्। पार्टी एकीकरण घोषणा पछि पनि अध्यक्ष मण्डलले कयौं नियुक्ती गरेको थियो। अधिकांश नियुक्ती विवादमा परेको थियो।

त्यसैगरी पार्टी महाधिवेशनका लागि सदस्यता वितरण एक महिनाका लागि थप गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.