हुलाकी न्यूज, काठमाडौँ : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दामा विपक्षीहरुले सबै कागजात नदिदा पेशी सरेको छ।

डा.राउतको बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दामा बहस १० गते सोमबार हुने भएको छ । कागजात अपूर्ण रहेको भन्दै सर्वोच्च अदालतले पेशी सारेको डा.राउतका दाई जयकान्त राउतले बताएका छन्।

डा.राउतको तर्फबाट मुद्दा दायर गरेका जयकान्त राउतले सीकेलाई यातना दिन न्यायिक निकायबाटै लापरवाही भइरहेको बताएका छन्। बन्दी प्रत्यक्षीकरण मुद्दालाई महत्व दिने गरिएपनि डा.राउतको सन्दर्भमा गैरकानूनी तरिकाबाट अल्झ्याउने प्रयास भइरहेको उनले बताए।

४४ दिन पछि सोमबार सर्वोच्च अदालतमा डा.राउतलाई पेश गरिएको थियो।

यसअघि रौतहत जिल्ला अदालतमा सूचना नै नपुगेको कारण डा. राउतको बन्दी प्रत्यक्षीकरण मुद्दा मंसिर ३ गतेका लागि सरेको थियो। राउतका दाजु जयकान्त राउतले कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए।

सर्वोच्च अदालतले थुनामा राख्नुका कारण लिखितसहित थुनामा राखेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। अदालतको आदेशअनुसार सुनुवाईका लागि शुक्रबार पेशी तोकिएकोमा विपक्षी जिल्ला अदालतमा सूचना नै नपुगेकोले सुनुवाई सरेको थियो। तस्बीरःदेशसञ्चार

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.