हुलाकी न्यूज, जनकपुरधाम
 : विभिन्न देशमा सक्रिय मधेश र मधेशीसँग सम्बन्धित संघ–संस्थाहरूको समूह ‘अन्तर्राष्ट्रिय मधेशी समाज’को पहलमा मधेशमा जल स्रोत र बाढी समस्या बारे बहस भएको छ।

नेपाल तराई इन्जिनियर समाजको आयोजनामा बिहीबार जनकपुरधाममा जल स्रोत र बाढी व्यवस्थापनका चुनौती र समाधानका विषयमा विभिन्न विद्धानहरूले बहस गरेका थिए।

बहसमा जल स्रोत तथा बाढी व्यवस्थापन विज्ञ ललित झा, सिँचाई सम्बन्धी डा.कृष्ण चन्द्र प्रसाद साह र बाढी प्रकोप बारे राकेश मिश्रलगायतले प्रस्तुति दिएका थिए।

उनीहरू मधेशमा जल स्रोत र बाढी व्यवस्थापनका लागि नीतिगत रूपमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

विभिन्न देशमा रहेका मधेशीहरुले आफ्नो जन्मभूमिका लागि सहयोग गर्न तत्पर रहेको बताउँदै अन्तर्राष्ट्रिय मधेशी समाजका प्रतिनिधिहरूले आवश्यक प्राविधिक तथा अन्य सहयोग पनि गर्न तयार रहेको जनाएका थिए।

कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउत, प्रदेश २ का मन्त्री भौतिक योजना मन्त्री जितेन्द्र सोनललगायतको सहभागिता थियो।

कार्यक्रममा ६० भन्दा बढी पानी र बाढी सम्बन्धी जानकारहरू सहभागी थिए भने अन्य क्षेत्रका २५ भन्दा बढी व्यक्ति पनि उपस्थित थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.