
हुलाकी न्यूज, काठमाण्डौ : स्वतंत्र मधेश गठबंधनका संयोजक डा. सीके राउतलाई बिहीवार सर्वोच्च अदालतमा उपस्थित गराइदैछ।
सर्वोच्च अदालतले ५ दिनभित्र उपस्थित गराउन आदेश दिए पनि नेपाल प्रहरीले १७ दिन पछि काठमाण्डौस्थित अदालतमा उपस्थित गराउन लागेको हो।
गठबंधनका अनुसार बिहीवार बिहान ६ बजे रौतहटबाट डा राउतलाई काठमाण्डौ लगिएको छ। दिउंसो १२ बजे डा राउतलाई सर्वोच्चमा उपस्थित गराउने तयारी रहेको छ।



