
हुलाकी न्यूज संवाददाता
काठमाडौँ कार्तिक २६, डा. सी. के. राउतको सामान्य परिवारिक जीवनचक्रलाई नष्ट गर्ने उद्देश्यले नेपाल प्रहरी र नेपाल सकारले पटक पटक एकै प्रकृतिको मुद्दामा हिरासतमा लिने गरेकोले उहीं मुद्दामा पुन: गिरफ्तार नगर्न उहाँको दाई डा. जय कान्त राउतले बंदिप्रतिक्षीकरण र प्रतिषेध परमादेश लगायत जे जो चाहिने आदेश जारी गरीपाऊं को लागी २०७५ कार्तिक १२ गते सोमबार सर्वोच्च अदालत, काठमांडू मा निवेदन चढ़ाएको थियो।
श्री जिल्ला अदालत रौतहट, गौर, श्री जिल्ला प्रहरी कार्यलय,गौर, श्री जिल्ला प्रहरी कार्यलय, श्री प्रहरी प्रधान कार्यालय, काठमाडौं, श्री जिल्ला प्रशासन कार्यलय, जनकपुर, श्री जिल्ला प्रशासन कार्यालय, रौतहत का बिरुद्ध मुद्दा दर्ता दायर गरेको जानकारी डा. जय कान्त राउतले दिनु भयो।
उक्त निवेदनमा विद्वान् अधिवक्ता श्री बिरेन्द्र कुमार ठाकुर र श्री सुनिल कुमार पट्टेलले कार्तिक १३ गते मंगलवार गर्नु भएको बहस पछीको आदेशमा सर्वोच्च अदालत, एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री मीरा खडकाले डा. सी. के. राउतलाई श-शरीर महान्ययाधिवक्ताको कार्यलय मार्फत उपस्थित गराउनु भनी आदेश दिदापनि आज १४ दिन सम्म पनि उपस्थित गराएको छैन।
सर्वोच्च अदालतले दिएको आदेश सम्बंधित निकायहरूले अहिले सम्म पालना नगरी दिन बिताउदै हिरासत भित्र यातना दिने षड्यन्त्र भई रहेको जानकारी डा. जय कान्त राउतले बताउनु भयो।
नेपालका सर्वोच्च अदालतको निर्णय (Decision of Supreme Court of Nepal)



