हुलाकी न्यूज संवाददाता
राजबिराज २२ कार्तिक, पटक-पटक एकै प्रकृतिको मुद्दामा डा. सी. के. राउतको सामान्य परिवारिक जीवनचक्रलाई नष्ट गर्ने उद्देश्यले नेपाल प्रहरीले पटक पटक हिरासतमा लिएको बिरुद्धमा रिहाईको लागी लक्ष्मीपूजाको अवसरमा बिगतका बर्ष झै यस बर्ष पनि राजबिराजको खरसाल टोलमा आम जनताले देवी-देवताको प्रतिमा संगै स्थापितगरेको डा. राउतको प्रतिमा नेपाल प्रहरीले मधेशी सामाजिक रीतिरिवाज लाई कुण्ठित पारी धार्मिक अनुष्ठानमा हस्तक्षेप गरी पूजा समापन हुनु अगावै ने प्रहरीले स्थापित मूर्त्ति बल्जफ्ती आज बिहिवार ४ बजे तिर उठाईलगेको छन।
श्री सिद्धी गणेश लक्ष्मी पुजा समितीका सदस्य भानु शर्मा लाई पनि २२ कार्तिक २०७५ बिहिवार को दिन बिहान ५ बजे राजबिराजबाट नेपाल प्रहरीले हिरासतमा लिएका जानकारी रोशन झाले दिनुभयो। लक्ष्मी पूजा को अवसरमा विगतका वर्ष झै यस वर्ष पनि राजविराजको खरसाल टोलमा विभिन्न देवी-देवताको मूर्त्ति सँगै डॉ . सी. के. राउतको मुर्ती बनाईएको थियो। नेपाल प्रहरीले आज दिऊँसो अचानक पूजा-आराधनाको समयमा हस्तक्षेप गरी डॉ . सी. के. राउतको प्रतिमा उठाएर लगेका छन्। हिन्दु धर्म संस्कृति अनुसार मधेसमा विधिवत मूर्ती पूजा गरी पानीमा बिसर्जित गरिन्छ तर पूजा अवधिमै पंडालबाट डॉ राउतको मूर्ती उठाउने कार्य मधेसी समुदाय माथि राजनैतिक, आर्थिक, सांस्कृतिक शोषण झै धार्मिक शोषण गरिएको जानकारी मंदिरका पुजारीले हुलाकी न्यूज़ संग कुरा गर्दै भनेका छ।
राजबिराजमा प्रहरी प्रशासन र नेपाल सरकारका उच्च अधिकारी, उच्च अदालत, जिल्ला अदालत, जिल्ला प्रशासन, जिल्ला प्रहरी लगायत अनेकाअनेक कार्यालय र बैंक रहेको छ।त्यहाँ प्रहरीको उच्च सुरक्षा व्यवस्था र निगरानी रहेको छ त्यस्तो अवस्थामा यदि राज्य र प्रहरी प्रशासनलाई माटो द्वारा निर्मित डॉ . सी. के. राउतको प्रतिमा प्रति आपत्ति थियो भने निर्माण कै समयमा किन रोक लगाईएन, तत्पश्चात पनि लक्ष्मी पूजा को प्रारम्भ अगावै किन प्रहरिले मूर्ति लगेन, स्थानीय बासीले सरकार संग प्रश्न गरेका छन।
पूजा आरम्भ भई सकेपछि पौराणिक मान्यता र मधेसी सामाजिक रितीरिवाज लाई कुण्ठित पारी धार्मिक अनुष्ठानमा हस्तक्षेप गरिने घृणित कार्यको घोर भर्त्सना गर्दे गिरफ्तार व्यक्तिलाई अविलम्व रिहा गरी डॉ राउतको प्रतिमा पूजा अवधिभरी यथा स्थानमा पुर्याई मधेसी धर्म संस्कृतिको रक्षा गरिदिनु हुन सरोकार वाला निकाय हरु सँग श्री सिद्धी गणेश लक्ष्मी पुजा समितीले अपील गरेका छन।




