
हुलाकी न्यूज, दोहा : वैदेशिक रोजगारका लागि कतारमा रहेका मधेशीहरुले धोती–कुर्ता सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्।
विश्वभरि छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) को आयोजनामा कतारको दोहामा उक्त कार्यक्रम हुँदैछ।
दोहास्थित स्वागत रेस्टुरेन्टमा नोभेम्बर ९ तारिख शुक्रवार दिउँसो १ः३० बजेदेखि साँझ ७ बजेसम्म कार्यक्रम हुनेछ।
साथै दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान पनि हुने जनाइएको छ।
मधेशको पहिचान विश्वभरि स्थापना गर्ने र संस्कृति विस्तारका लागि एनआरएमएले काम गर्दै आएको छ। ४० भन्दा बढीमा देशमा शाखा रहेको एनआरएमएले विभिन्न अवसरमा कार्यक्रम तथा मधेशीहरुको सम्मान गर्दै आएको छ।



