
हुलाकी न्यूज, जनकपुरधाम : महिला हिंसालगायतका अपराध नियन्त्रण गर्न प्रदेश २ मा ‘हेल्लो सीएम’ मोबाइल एप सार्वजनिक गरिएको छ।
प्रदेश प्रहरी कार्यालय जनकपुरमा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले ‘हेल्लो सीएम’ एप सार्वजनिक गरेका हुन्।
मोबाइल एपबाट महिला हिंसा सम्बन्धी घटनाहरु न्यूनीकरण गर्न सहज हुने मुख्यमन्त्रीले बताए। ग्रामीण स्तरसम्म जानकारी गराउने गरि सचेतना मुलक कार्यक्रम संचालन गरिने राउतले बताए।
हेल्लो सीएम एपबाट आफूसँग भएको घटना सिधै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिने सुविधा रहेको जनाइएको छ। यो एप मोवाइलमा डाउनलोड गरिसके पछि एपलाई अन गरेर आफनो मोबाइल तीन पटक हलाए मात्रै नजिकको प्रहरी काहाँ इमरजेन्सी कल बनेर पुग्ने र त्यसमा पीडितको लोकेशनसमेत जाने व्यवस्था रहेको छ।



