हुलाकी न्यूज, काठमाडौं :
डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका २८ जना कार्यकर्ता प्रहरी हिरासतभित्रै आमरण अनसनमा बसेका छन्।

चार जना महिलासहित २८ जनाले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतभित्र बुधबार साँझदेखि आमरण अनसन सुरु गरेका छन्।

‘बल प्रयोग गरी झुटा बयानमा हस्ताक्षर गराउन खोज्ने, झुटा अनुसन्धानको नाममा पटक–पटक म्याद थप्ने काम हुँदैछ। झूठा मुद्दामा फसाउने लगायतका धम्की दिइरहेका पर्सा जिल्लाका सीडीओ र एसपी कार्यकर्ताहरुले आमरण अनसन सुरु गरेका छन्।’ गठबन्धनका प्रवक्ता अब्दुल खानले बताए।

रौतहट जिल्ला अदालत परिसरबाट असोज २१ गते पक्राउ परेका डा राउतको रिहा गर्न असोज २८ गते बीरगंजमा शांतिपूर्ण प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। उच्च अदालत बीरगंजले छोटो अनुसंधान गरी दुई–तीन दिनभित्र छोड्नु भनेर सहमति गरे पनि सीडीयो र एसपीले थुना अवधि लम्ब्याउन खोजेको को खानले बताए।

गठबन्धनले विज्ञप्ती जारी गर्दै आमरण अनसनमा बसेका कार्यकर्ताहरुको जीवन रक्षाका लागि पहल गरिदिन मानव अधिकारकर्मी लगायतसँग आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.