हुलाकी न्युज, सिरहा । सिरहाको दुर्गा मन्दिर परिसर र सुब्बा पोखरीको सरसफाई सम्पन्न भएको छ । सिरहाली सेवा समाज नेपाल काठमाडौंको आयोजनामा मंगलवार वृहत सरसफाई गरिएको हो ।

दुर्गा मन्दिर परिसर र सुब्बा पोखरी सरसफाई गरिएको सिसेस नेपालले जनाएको छ । वृहत सरसफाइ कार्यक्रममा साँसद, प्रशासक र स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । सिसेस काठमाडौं नेपालको अयोज्ननामा भएको सो सरसफाइ कार्यक्रममा प्रदेश २ का साँसद प्रमोद यादव, सिरहा नगरपालिकाका मेयर अशेश्वर यादव, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, १ नम्बर वडा अध्यक् महेश यादव, सरसफाइ दुत धिरेन्द्र शाह, प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ, सामुदायिक प्रहरी सेवा केन्द्र, सशस्त्र प्रहरी, नेपाली सेना लगायत स्थानियहरुको सहभागिता रहेको सिसेसका सचिव किरण कुमार पासमानले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.