हुलाकी न्युज, सिरहा । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ७ कसहा नजिक सोमवार विहान एक युवकको शव फेला परेको छ । धनगढीमाई नगरपालिका वडा नम्बर ९ महुवाडाँडाका करिव जिब्छ यादवको छोरा १९ वर्षीय जिलाश यादवको शव फेला परेको हो ।
आइतवार साझ गाउँकै सुजित यादव र भिनाजुसँग पार्टी खान हिँडेका उनी सोमबार विहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
गाउँभन्दा करिव ५ किलोमिटर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कसहादेखि करिव ३ सय मिटर उत्तर सपेताको जंगलमा शव फेला परेका हुन ।
घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.