हुलाकी न्युज, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका मैथिली लोकनृत्य झिझियाँ बचाउन स्थानीय आयोजकहरु सक्रिय भएका छन् ।

कर्जन्हा बजारमा नवरात्राको अवसरमा आयोजित झिझियाँ प्रतियोगितामा स्थानीय विभिन्न समूहहरुको सहभागिता देखिएको छ । मैथिली सँस्कृति जोगाउन त्यहाँका विभिन्न समुदायका महिलाहरुले झिझियाँ नृत्यमा सहभागितामा जनाएको कर्जन्हा दुर्गा मेला समितिका अध्यक्ष विन्देश्वर पासमानले जानकारी दिएको छन् ।

झिझियाँ प्रतियोगिता वुधवारदेखि सुरुभएको र नवरात्रीसम्म संचालन रह्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई उपहार प्रदान गर्ने झिझियाँ प्रतियोगिता संचालक प्रदिप पासमानले बताए ।
‘तोहरे भरोसे बरहम बाँबा’ लगायतका गीतमा प्रचलित लोकनृत्य झिझियाँ मिथिलामा हुँदै आएको छ । टुनामुना नहुने र नवरात्राको अवसरमा त्यसको असरबाट बचाउँन झिझियाँ नृत्य प्रचलित रहेको जानकारहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.