
हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका डा.सीके राउतका तीन जना कार्यकर्ता पक्राउ परेका छन्।
आइतबार दिउँसो मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउन गएका कार्यकर्ताहरुलाई प्रहरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा महोत्तरी पडौलका संजय यादव, महोत्तरी पर्कौलीको विश्वनाथ चौधरीलगायत छन्।
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.राउतलाई रिहा गर्नुपर्ने मागसहित उनीहरूले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका थिए।
तर, मुख्यमन्त्रीलाई भेट्नुअघि नै प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरीले जनाएको छ।
यसैबीच बीरगन्जबाट पनि राउतका दुई दर्जन कार्यकर्ताहरु पक्राउ परेका छन्। उनीहरुकाे विस्तृत जानकारी अाउन बाँकी छ।




ईन्डियान मुख मन्त्री हो कि 2 नम्बरि ! लाज छ भने तुरुन्त रिहा गर !!