हुलाकी न्युज, सिरहा । पूर्वशान्ति मन्त्री सितादेवी यादवले विपद् जोखिमा सवैले चासोका साथ जुट्नु पर्ने बताएकी छिन् ।
विपद् जोखिम न्यूनिकरणका लागि अन्तराष्ट्रिय दिवस र शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्वमन्त्री यादवले विप्द जोखिम न्यूनिकरणमा लगानी वढाउदै जानुपर्ने र जोखिम न्यूनिकरणको लागि हुने कार्यप्रति ध्यान राख्नुपर्ने बताईन् । सिरहाको कमला नदिको पूर्वीय बाँधलाई बचाउन बनाईएको स्पर (तटबन्ध) प्रति इकित गर्दै भनिन्, ‘कस्तो काम भएको छ । खोई तपाईहरुले निगरानी ।’
‘कमला नदिको वाढीले आउन सक्ने जोखिम न्यूनिकरणको लागि बसपिट्टामा ११ वटा स्पर निर्माण गर्न साढे ५ करोड खर्चिएको छ । तर काम कस्तो भएको हो ? कतिको टिकाउ छ ? कसले हेर्ने ?,’ प्रश्न गर्दै उनले भनिन, ‘विपद् न्यूनिकरण गर्न आउने बजेटप्रति सरोकारवालाले ध्यान दिन नसक्दा दुरुपयोगको प्रबल सम्भावना छ । तपाईहरु त्यसवारे सोधीखोजी गर्नुपर्छ ।’
नेपाली काँग्रेसका केन्द्रिय कोषाध्यक्ष पनि रहेका पूर्वमन्त्री यादवले आफूले खोधीखोजी गर्दा राजनीति गरेको आरोप लाग्ने भन्दै सरोकारवालाले काम राम्रो भए÷नभएको वारे जानकारी राख्नुपर्नै बताईन् ।
उनले सिरहा जिल्ला गरिबी र शिक्षाको सूचांकमा कमजोर भएकोले जोखिमको उच्च सम्भावनाहरु रहेकोले पनि सरकारले थप बजेट विनियोजन गरी काम गर्नुपर्ने बताईन् । विना लगानी जोखिम कम गर्न नसक्ने भन्दै उनले विगतका दिन सम्झिदै भनिन,‘औरहीमा भिषण आगलागी भयो । कमला नदिको वाढीले पटक पटक सताएको छ । वर्षेनी शितलहरका दुःखत घटनाहरु देख्नु र सुन्नु परेको छ ।’
यस वर्ष वाढीको जोखिमबाट बाँचिएपनि शितलहरकोलागि पूर्वतयारी र लगानीको आवश्यकता रहेको बताईन् । जनप्रतिनिधी आएपछि गतवर्ष विपन्नहरुले समयमा न्यानो लुगा समेत पाउन नसकेको अवस्थालाई यसवर्ष अन्त हुनुपर्न र त्यसका लागि स्थानीय निकायले अग्रसरता देखाउनु पर्ने बताईन् ।
पूर्वमन्त्री यादवले अन्तर्राष्ट्रिय दिवस मनाईरहँदा कार्यक्रममा सिरहाका १७ वटा स्थानीय तहमध्ये कुनैपनि स्थानीय तहका प्रमुख वा उपप्रमुख नआएकोमा चिन्ता व्यक्त गरेकी छिन् । उनले भनिन, ‘दिवसको यो कार्यक्रममा नगरपालिकाका प्रमुख÷उपप्रमुख, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष आउनु भएको छैन् । विपद् जोखिम न्यूनिकरणप्रति जिल्ला स्तरीय कार्यक्रममा नआउनु यो दुःखत कुरा हो ।’
चोखो मनले लगानी गर्नुस् ःप्रजिअ पण्डित
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जोखिम न्यूनिकरणको लागि लगानी वढाउन आग्रह गरेका छन् । उनले स्थानीय तहले जोखिम न्यूनिकरणका लागि चोखो मनले पूर्व तयारी गर्न लगानी वढाउनु पर्ने बताए ।
भविष्यमा हुनसक्ने जोखिमलाई न्यूनिकरणको लागि लगानी बढाउन आग्रह गर्दै प्रजिअ पण्डितले आउने सक्ने सम्भावित जोखिमवारेमा पूर्वतयारीका साथ सचेत रह्न समेत आग्रह गरे । उनले यस वर्ष हामी भाग्यमानी भएको भन्दै फिल्डमा गएर एक जनालाई पनि राहत वाड्नु नपरेको बताए ।
दिवसको कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुर, रेडक्रस सोसाईटी शाखा सिरहाका सभापति राजदेव यादव लगायतले जोखिम न्यूनिकरणका लागि गरिएका कार्यवारे आफ्ना भनाई राखेका थिए ।
सिरहाको कमला, बलान, गागन, मैनावती, घुर्मी, खुट्टी जस्ता नदिबाट वाढीको जोखिम रह्ने गरेका छन् । कमला नदिका कारण कर्जन्हा नगरपालिकाको २, कल्याणपुर नगरपालिकाको २, सिरहा नगरपालिकाको १ स्थान उच्च जोखिमा रह्ने गरेका छ भने बलान नदिका कारण सखुवा नन्कारकट्टी गाउँपालिकाका २ र भगवानपुर गाउँपालिका १ स्थान जोखिममा रहेको तथ्यांक रहेको छ ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक सोम बहादुर गुरुङ्ग, प्रेस काउन्सीलका पूर्व सदस्य चन्द्रदेव कामती, पत्रकार महासंघका केन्द्रिय सदस्य देव कुमार यादव, उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद पौद्दार, विभिन्न वैक तथा वित्तिय निकायका प्रमुख, संघसंस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।



