हुलाकी न्यूज, जलेश्वर :
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको रिहाईको माग गर्दै महोत्तरीमा प्रदर्शन भएको छ।

स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्तासहित सर्वसाधारणहरुले डा.राउतको रिहाईको माग गर्दै सदरमुकाम जलेश्वरसहित विभिन्न ठाउँको परिक्रमा गरेको छ।

डा.राउतको रिहाई, प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवको परिवारलाई क्षतिपुर्ति लगायतका माग प्रदर्शनकारीहरुको थियो।

हजारौंको संख्यामा मोटरसाइलमा सवार गठबन्धनका कार्यकर्ताहरुले परौलथानमा विरोध सभासमेत गरेका थिए।

डा.राउतलाई सर्वोच्च अदालतबाट सफाइ दिइए पनि सोही मुद्दामा बारम्बार पक्राउ गरी कानूनी राज्यको उपहास भएको उनीहरुले बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.