हुलाकी न्यूज, जनकपुरधाम :
प्रदेश सभा २ ले प्रहरी विधेयक पारित गरेको छ। शनिबारको प्रदेश सभा बैठकबाट बहुमतले विधेयक पारित भएको हो।

प्रदेश सरकारले प्रहरी विधेयक प्रदेश सभामा दर्ता गराउँदा केन्द्र सरकारबाट आलोचना भएको थियो।
केन्द्र सरकारले त्यस सम्बन्धी चासो नदिए पछि प्रदेश सभाले पारित गरेको छ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विधेयकको विरोधमा उभिएको थियो।

तर मधेशवादी दल र नेपाली कांग्रेसका सांसदहरुको समर्थनमा विधेयक पारित भएको छ ।

विधेयक पारितसँगै प्रदेश प्रहरी गठनको बाटो खुलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.