हुलाकी न्यूज, काठमाडौं :
राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न जिल्लाबाट ज्ञापन पत्र बुझाउँदै राजपाले सरकारबाट समर्थन फिर्ता लिने चेतावनी पाँचौं पटक दिएको हो।

जिल्ला कमिटीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत दिउँसो ११ बजे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

सरकारलाई समर्थन गर्दा भएको तीन बुँदे र सात बुँदे सहमति कार्यन्वयन नभएको भन्दै राजपाले असन्तुष्टि व्यक्त गर्दै आएको छ।

‘संविधान संशोधन र सांसद रेशम चौधरीको विषयमा कुनै प्रगति भएको छैन।’ राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने,‘हाम्रो माग सम्बोधन नभए सरकारलाई समर्थन गरिरहनु आवश्यक छैन। यस पटक हामीले अन्तिम चेतावनी दिदैछौं।’

आफूहरुको माग सम्बोधनको ठोस निर्णय नभए अव सरकारलाई दिइएको समर्थन फिर्ता हुने महतोले बताए।

केन्द्रमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहे पनि प्रधानमन्त्रीले सोमबार एक बजेसम्म समय उपलब्ध गराएका थिएनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.