हुलाकी न्यूज काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई जिल्ला अदालत रौतहटको परिसरबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

४ वर्षीया छोरी रेवा राउत र दुई जना सहयोगीसहित डा.राउतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

डा.राउतकी छोरी विरामी रहेकोले उपचारको व्यवस्था गर्न राउतले प्रहरीसँग माग गरेका छन्। विरामी छोरीलाई जनकपुर पु¥याउन आग्रह गरेपनि प्रहरीले अस्वीकार गरेको डा.राउतले बताएका छन्। डा राउत र उनकी छाेरीले खाने नियमित अाैषधीसमेत उपलब्ध छैन।

राज्य विप्लबको मुद्दामा तारेख बुझ्न गएका राउतलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले जनाएका छन्।

थापाले राउतलाई अदालत परिसर बाहिरबाट पक्राउ गरिएको दाबी गरेका छन्।

राउतैसँग संजय स्वराजी र रामेश्वर स्वराजी पनि पक्राउ परेका हुन्। उनीहरुलाई रौतहट प्रहरीको नियन्त्रणमा राखिएको छ।

update

यसैबीच डा‍ राउतकाे पक्राउकाे विराेध गरिरहेका समर्थकहरु मध्ये थप १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे गठबन्धनले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.